मुटुमा समस्या देखिएपछि प्रधानमन्त्री ओली अस्पताल भर्ना
अ +
अ -
काठमाडौ,१४ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या भएपछि मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले मुटुको धड्कन बढ्ने समस्या भएर हिजो राती महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको जानकारी दिनुभयो ।
अहिले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेकोले आजै डिस्चार्ज हुने जानकारी पनि उहाँले दिनुभयो । प्रधानमन्त्री ओलीको गत २१ फागुनमा त्रिवि शिक्षण अस्पतालमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।
हेल्थपाटी
तपाईँको अभिमत