वीर अस्पतालमा टेलिफोन मार्फत नै सेवा लिन पाइने
अ +
अ -
काठमाडौ, चैत १३ गते । वीर अस्पतालका वरिष्ठ चिकित्सकहरुले सर्वसाधरणलाई टेलिफोनबाटै आवश्यक परामर्श दिने भएका छन् । अस्पतालले आज एक सूचना जारी गर्दै नियमित फलोअपमा रहनुपर्ने बिरामी तथा अन्य बिरामीहरुले सम्बन्धित विज्ञहरुलाई टेलिफोन गर्न सक्ने जानकारी दिएको छ ।
अस्पतालले मेडिसिन, हाडजोर्नी सेवा, नाक, कान, घाँटी, मुत्ररोग, पेटरोग, नशारोग, पेट रोग, टाउकोको नशा सम्बन्धी रोग, कलेजोरोग लगायतका रोगको लागि आवश्यक परामर्श गर्न सकिने जनाएको छ । अस्पतालले १६६००१०२००० टोल फ्रि नम्बरमा सम्पर्क गर्न सकिने जनाएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत