सरकार तपाईंहरुसँगै छ : चिकित्सक तथा स्वास्थ्यकर्मीलाई प्रधानमन्त्रीको सन्देश
अ +
अ -
काठमाडौं, १३ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले थप सामग्रीहरु उपलब्ध हुने भन्दै धैर्य गरी उपचारमा संहभागी हुन चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई आग्रह गर्नुभएको छ ।
प्रधानमन्त्रीको प्रेस सल्लाकार फेसबुक पेज मार्फत प्रधानमन्त्री ओलीले चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई चार सन्देश दिनुभएको छ ।
प्रधानमन्त्री ओलीको सन्देश :
१. हाल मौज्दात सामग्रीको आधिकारिक प्रयोगबाट परीक्षण र उपचारमा सामेल होऔं ।
२. तपाईहरुकै सिफारिसका थप सामग्रीहरु उपलब्ध हुँदैछन्, धैर्य गरौं ।
३. कोभिड नाइन्टिन मानवीय संकटको एकजुट भएर सामना गरौं ।
४. सरकार तपाईहरुसँगै छ, चिन्तित नहाेऔं ।
हेल्थपाटी
तपाईँको अभिमत