पोखराकाे क्वारेन्टाइनमा भारतबाट फर्किएका एकको मृत्यु

सांकेतिक तस्वीर
अ +
अ -
काठमाडौं, १२ चैत । पोखराकाे क्वारेन्टाइनमा रहेका एक जनाको मृत्यु भएको छ । १२ दिन अगाडि भारतबाट फर्किएका ५० वर्षका पुरुषलाई कोरोनाको लक्षण देखिएपछि हिजो मात्रै क्वारेन्टाइनमा राखिएको रुपा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले जानकारी दिनुभयो ।
मुटुको समस्या रहेका ती व्यक्तिको क्वारेन्टाइनमा रहँदा गम्भीर बिरामी भएपछि थप उपचारका लागि पश्चिमाञ्चल क्षेत्रिय अस्पताल ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको थियो । स्रोतका अनुसार कोरोना परीक्षणका लागि नमुना संकलन बिरामीको मृत्यु भएपछि लिइएको थियो । नमुना परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत