स्पेनमा कोरोनाबाट २४ घण्टामै ७ सय ३८ जनाको मृत्यु, इटालीपछि दोस्रोमा
अ +
अ -
काठमाडौं, १२ चैत । कोरोना भाइरस रोगका कारण स्पेनमा एकैदिन ७ सय ३८ जनाको मृत्यु भएको छ । स्पेनमा एकै दिन ठूलो संख्यामा मृत्यु भएको यो पहिलो हो । यो सँगै स्पेनमा मृत्यु हुनेको संख्या ३ हजार ४ सय ३४ पुगेको छ भने ४७ हजार ६ सय १० मा संक्रमणको पुष्टि भएको छ ।
मानवीय क्षति धेरै हुने देशमा विश्वमा स्पेन इटालीपछि दोस्रोमा हुन पुगेको छ । इटालीमा दिनदिनै संक्रमण बढिरहेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत