सर्लाहीको रानीगञ्ज सिल गरिएको छैन : प्रमुख जिल्ला अधिकारी
काठमाडौ, १२ चैत । कोरोना भाइरस रोग संक्रमण पुष्टि भएकी नेपाली युवतीसँगै कतार एअरवेजको विमानबाट नेपाल आएको भनी उनीहरुको बासस्थान सिल गरिएको भन्ने समाचार हल्ला मात्रै भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिनुभयो । युवती आएकै विमानमा सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. १७ रानीगञ्जका ४ युवा पनि आएको र उनीहरुले सबैलाई चक्लेट बाँडेको भनिएपछि गाउँ नै सिल गरिएको हल्ला चलेको थियो ।
प्रमुख जिल्ला अधिकारी जिसीले युवती आएकै दिन चारैजना कतार एयर मार्फत नेपाल आएको भए पनि एउटै विमान नरहेको स्पष्ट पार्नुभयो । यद्यपि कतार प्रभावित देश रहेकाले उनीहरुलाई घरमा नै क्वारेन्टाइनमा राखिएको उहाँले बताउनुभयो । वैदेशिक रोजगारीमा रहेका छोरालाई भेट्न नातिनीसहित आमाबुवा कतार गएका थिए ।
हेल्थपाटी
तपाईँको अभिमत