स्वास्थ्यकर्मी नै सुरक्षित नरहे कसरी बिरामी जाँच्न सक्छन् : जनार्दन शर्मा
स्वास्थ्यकर्मीहरुले ज्वरोका बिरामी समेत जाँच्न डराइरहेको अवस्थामा पीपीई कहिले आउँछ र कसरी स्वास्थ्यकर्मीसम्म पुग्छ भन्ने विषय अझै अन्यौल छ यो गम्भीर विषय हो ।
काठमाडौं, १२ चैत । पूर्व गृहमन्त्री तथा नेकपा नेता जनार्दन शर्माले स्वास्थ्यकर्मीलाई चाहिने व्यक्तिगत सुरक्षाका उपकरण (पीपीई) ल्याउन ढिला भइरहेको प्रति आपत्ति जनाउँदै तत्कालै व्यवस्था गर्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउनुभएको छ ।
उहाँले कोरोना भाइरस रोगको संक्रमण संख्या बढ्दा समेत पीपीई स्वास्थ्यकर्मीको हातमा नपर्नु दुखद भएको भन्दै यसले थप भयावह स्थिति निम्त्याउने खतरा देखिएको बताउनुभयो ।
कहाँ गएर ल्याउनुपर्ने हो वा कसैले पठाउने हो जसरी पनि तुरुन्तै अस्पतालहरुमा पीपीई पुर्याएर परीक्षणलाई बढाउनुपर्छ ।
लकडाउनको समयमा कसरी दिन व्यतित गर्दै हुनुहुन्छ भन्ने हेल्थपाटीको प्रश्नमा नेता शर्माले आफूलाई पीपीईको चिन्ता रहेको र तीनजनामा संक्रमण पुष्टि भइसकेको अवस्थामा धेरै मानिसको परीक्षणको खाँचो रहेको बताउनुभयो । नेता शर्माले भन्नुभयो– स्वास्थ्यकर्मीहरुले ज्वरोका बिरामी समेत जाँच्न डराइरहेको अवस्थामा पीपीई कहिले आउँछ र कसरी स्वास्थ्यकर्मीसम्म पुग्छ भन्ने विषय अझै अन्यौल छ यो गम्भीर विषय हो ।
सम्बन्धित निकायले कहाँ गएर ल्याउनुपर्ने हो वा कसैले पठाउने हो जसरी पनि तुरुन्तै अस्पतालहरुमा पीपीई पुर्याएर परीक्षणलाई बढाउनुपर्छ । स्वास्थ्यकर्मी नै सुरक्षित नरहे कसरी बिरामी जाँच्न सक्छन् र कसरी महामारी नियन्त्रण हुन्छ ? प्रश्न गर्दै उहाँले मेरो दिनचर्या पीपीई कहिले आउँछ र महामारीलाई कसरी रोक्ने भन्ने चिन्तामै बितिरहेको छ ।
जगन्नाथ ढकाल
तपाईँको अभिमत