युएईबाट चैत ५ मा आएका ३२ वर्षीय नेपाली हुन् तेस्रो कोरोना संक्रमित
काठमाडौं, १२ चैत । युएईबाट चैत ५ मा आएका नेपालीलाई कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । युएईबाट चैत ५ गते नेपाल आएका ३२ वर्षका नेपालीलाई लक्षण देखिएपछि १० चैतमा परीक्षण गर्दा पोजेटिभ आएको हो । टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालले पठाएको नमुनामा पोजेटिभ देखिएको हो । संक्रमितको उपचार आइसोलेशनमा राखेर भइरहेको छ ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ पुगेको छ । यसअघि फ्रान्सबाट नेपाल आएकी १९ वर्षकी नेपाली विद्यार्थीलाई कोरोना भाइरस पुष्टि भएको हो । उहाँ घरमा क्वारेन्टाइनमा बसिरहेको अवस्थामा चैत ९ गते नमुना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएपछि उहाँलाई टेकु अस्पतालमा आइसोलेशनमा हुनुहुन्छ । नेपालमा अहिलेसम्म ६ सय ८७ जनाको नमुना परीक्षण गरिएकोमा ६ सय ८४ को रिपोर्ट नेगेटिभ आएको छ । सुरुमा चीनबाट आएका एक विद्यार्थीमा कोरोना संक्रमण देखिएको थियो । उहाँ उपचारपछि निको भइसक्नु भएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत