नेपालमा कोरोना भाइरसको तेस्रो संक्रमित भेटिए
काठमाडौं, १२ चैत । नेपालमा कोरोना भाइरस रोगको नयाँ संक्रमित भेटिएका छन् । यो सँगै कोरोना संक्रमितको संख्या तीन पुगेको छ । रिपोर्टका सम्बन्धमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले आफ्नो वेवसाइट मार्फत जानकारी दिएको हो । टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालले पठाएको नमुनामा पोजेटिभ देखिएको हो । नेपालमा अहिलेसम्म ६ सय ८७ जनाको नमुना परीक्षण गरिएकोमा ६ सय ८४ को रिपोर्ट नेगेटिभ आएको छ ।
सुरुमा चीनबाट आएका एक विद्यार्थीमा कोरोना संक्रमण देखिएको थियो । उहाँ उपचारपछि निको भइसक्नु भएको छ ।४ चैतमा फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आउनुभएकी १९ वर्षकी विद्यार्थी युवतीमा पनि संक्रमण देखियो । आइतबार स्वास्थ्य मन्त्रालयले त्यसको जानकारी दिएको थियो । त्यसलगतै सरकारले लकडाउनको घोषणा गरेको थियो ।
हेल्थपाटी
तपाईँको अभिमत