युएईमा घरमा भीड गरि बस्न नपाउने, २ सय ४८ मा संक्रमण
अ +
अ -
काठमाडौ, १२ चैत । युएईमा अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन अपिल गरेको छ । आन्तरिक र राष्ट्रिय आपतकाल संकट महामारी व्यवस्थापन मन्त्रालयले सामाजिक सम्पर्कलाई बन्द गर्न आग्रह गरेको छ । मन्त्रालयले घरमा पनि भीड हुने गरि नबस्न आग्रह गर्दै नीजि सवारी साधनमा बढीमा तीन जनामा यात्रा नगर्न निर्देश गरेको छ ।
यसैगरी विदेश विभाग तथा आन्तरिक समन्वय मन्त्रालयले खाडीबाट हुने कुनै पनि यात्रामा रोक लगाएको छ । युएइमा हालसम्म २ सय ४८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ । यसअघि युएईमा संक्रमणको शिकार भएका दुई नेपाली निको भएका छन् ।
हेल्थपाटी
तपाईँको अभिमत