भरतपुर कोरोना विशेष अस्पतालले परिवारलाई बुझायो यादबको शव
यादवलाई कोरोना नभएको पुष्टि
काठमाडौं,१२ चैत । भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालमा आइसोलेसनमा उपचाररत ३० वर्षका सन्तोष यादबको मृत्यु कोरोनाका कारण नभएको पुष्टि भएको छ । अस्पतालका प्रवक्ता डा.भोजराज अधिकारीले यादवको रिपोर्ट नेगेटिभ आएको जानकारी राष्ट्रिय प्रयोगशालाबाट आफुले प्राप्त गरेको बताउनुभयो । प्रयोगशाला प्रमुखले आफुलाई रिपोर्ट नेगेटिभ आएको जानकारी गराएपछि आज बिहान शव परिवारलाई जिम्मा लगाएको उहाँले बताउनुभयो । प्रवक्ता अधिकारीले प्रयोगशालाको रिपोर्ट अस्पताललाई प्राप्त भएपछि विज्ञप्ती निकाल्ने बताउनुभयो ।
यादबको हिजो मृत्यु भएको थियो र कोरोनाको रिपोर्ट नआएकाले शव आइसोलेसनमा राखिएको थियो । लुपस रोगले मिर्गौला कमजोर भएको अवस्थामा ज्वरो र निमोनियाको लक्षण देखेपछि चितवन मेडिकल कलेजले चैत ९ गते विशेष कोरोना अस्पतालमा रिफर गरेको थियो । १० गते श्वासप्रश्वासमा समस्या बढेपछि सघन उपचार कक्षमा राखी उपचार गरिएको र सोही दिन नै स्वाब परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो ।
हेल्थपाटी
तपाईँको अभिमत