लकडाउन अवज्ञा गरे ३ लाख ९३ हजारसम्म जरिवाना
अ +
अ -
काठमाडौं, १२ चैत । इटालीमा लकडाउन अवज्ञा गरेमा ३ लाख ९३ हजारसम्म जरिवाना तिर्नुपर्ने नियम लगाइएको छ । प्रधानमन्त्री गीउसेप कोन्टेले यसअघि व्यवस्था भएको सजाय जरिवानालाई बढाएर ४ सयदेखि ३ हजार युरोसम्मको जरिवाना घोषणा गर्नुभएको हो । अब इटालीमा लकडाउन अवज्ञा गरे ५२ हजार ४ सयदेखि ३ लाख ९३ हजारसम्मको जरिवाना तिर्नुपर्नेछ ।
प्रधानमन्त्री कोन्टेले लकडाउन उल्लंघनका घटनालाई रोकी संक्रमण रोक्न सजाय बढाउनुभएको हो । उहाँले नागरिकलाई नआत्तिन आग्रह गर्दै यो लकडाउन छिटै फुकुवा गर्ने पनि बताउनुभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । इटालीमा कोरोना भाइरस रोग संक्रमणबाट मृत्यु हुनेको संख्या ६ हजार ८ सय २० पुगेको छ भने ६३ हजार ९ सय २७ जनामा संक्रमणको पुष्टि भएको छ ।
तपाईँको अभिमत