भारतमा लकडाउन, १ अर्ब ३० करोड मानिस घरभित्रै
अ +
अ -
काठमाडौं, ११ चैत । भारतमा पनि लकडाउन घोषणा गरिएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज राती १२ बजेदेखि लकडाउन सुरु हुने घोषणा गर्दै घरबाट बाहिर ननिस्कन अपिल गर्नुभएको छ ।
टेलिभिजन मार्फत प्रधानमन्त्री मोदीले लकडाउन २१ दिनसम्म लागु हुने बताउनुभयो। भारतमा अहिले सम्म ५ सय ५६ जनामा संक्रमण भएको छ भने १० जनाको मृत्यु भइसकेको छ । कोरोना भाइरसका कारण विश्वमा एकैपटक यति धेरै मानिस लकडाउनमा बस्नु परेको यो नै पहिलो घटना हो ।
हेल्थपाटी
तपाईँको अभिमत