देशभरबाट लकडाउन अवज्ञा गर्ने ६८ जना प्रक्राउ
काठमाडौं, ११ चैत । कोरोना भाइरस रोकथामका लागि सरकारले लागू गरेको लकडाउन उल्लङ्घन गरेका ६८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । कैलालीबाट ३१, कपिलवस्तुबाट १४, रुपन्देहीबाट ७, झापाबाट ४, सुनसरीबाट ४ जना, पर्साबाट ३ सिरहाबाट २ जना, कञ्चनपुरबाट २ जना र धनुषाबाट १ जना गरी ६८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
यसैगरी लकडाउन उल्लङ्घन गरी सञ्चालन गरेका १ हजार ५ सय ७१ सवारी साधनलाई पनि नियन्त्रणमा लिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रक्राउ गरिएकाहरुलाई कोरोना संक्रमणको सम्भावित जोखिम बारे सम्झाई बुझाई गरि आवश्यक सोधपुछ तथा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । लकडाउन उल्लंघन गर्नेलाई एक सय रुपियाँ वा ६ महिना कैद वा दुबै सजाय हुने व्यवस्था छ । सरकारले लकडाउन आगामि चैत १८ गते बिहान ६ बजेसम्म लकडाउन गरेको छ ।
तपाईँको अभिमत