देउराली जनता फर्मास्यूटिकल्सले कोरोनाको उपचारमा प्रयोग हुने औषधि सहयोग गर्ने
अ +
अ -
काठमाडौं, ११ चैत । देउराली जनता फर्मास्यूटिकल्सले कोरोना भाइरस रोग (कोभिड नाइन्टिन)को उपचारमा प्रयोग गरिने औषधि सरकारलाई सहयोग गर्ने भएको छ । फर्मास्यूटिकल्सले १५ हजार कोभिड नाइन्टिन संक्रमितको उपचारलाई पुग्ने औषधि सरकारलाई उपलब्ध गराउने भएको हो ।
उपचारमा प्रयोग हुँदै आएको हाइक्यून २०० नामको ४ लाख ट्याबलेट सरकारलाई उपलब्ध गराउन लागेको हो । फर्मास्यूटिकल्सले तत्काल उत्पादन गरि ४८ लाख बराबरको औषधि सहयोग गर्ने निर्णय गरेको हो । नेपालमा देउराली जनता फर्मास्यूटिकल्सले ३० वर्षदेखि औषधि उत्पादन गर्दै आएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत