चीनमा हान्टाभाइरसको संक्रमण, एक जनाको मृत्यु
अ +
अ -
काठमाडौं, ११ चैत । कोरोना भाइरसको संक्रमण न्यून स्तरमा रहेका बेला चीनमा फेरि हन्टाभाइरसको संक्रमण देखिएको छ ।
युनान प्रान्तमा हान्टाभाइरसका कारण एक जनाको मृत्यु भएको छ । शान्दाङ प्रान्तबाट काम गरि घर फर्कदै गर्दा ती व्यक्तिको बाटैमा मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । चार्टड बसमा उनको मृत्यु भएपछि बसमा रहेका ३२ जनाको परीक्षण गरिएको छ । यद्यपि रिपोर्ट आउन बाँकी छ । अहिलेसम्म हान्टाभाइरस मानिसबाट मानिसमा सरेको पुष्टि भएको छैन ।
हान्टाभाइरस मुसाको पिसाब, थुक र र्यालको माध्यमबाट मानिसमा सर्दछ । ज्वरो आउनु, मांशपेशी दुख्नु, विशेष गरि कट्टि तथा कम्मर दुख्नु, बान्ता हुनु,पखाला लाग्नु, थकान महशुस हुनु लगायतका हान्टाभाइरस संक्रमणका लक्षण हुन् ।
हेल्थपाटी
तपाईँको अभिमत