युएईमा २ नेपाली कोरोना भाइरसको उपचारपछि संक्रमण मुक्त
अ +
अ -
काठमाडौ, १० चैत । युएईमा दुई कोरोना संक्रमित नेपाली उपचारपछि निको भएका छन् । आबुधाबी स्वास्थ्य विभागकी सरुवा रोग नियन्त्रणसम्बन्धी महाशाखाकी प्रमुख रहेकी डाक्टर फरिदा अल होसेनीले सोमबार आयोजित पत्रकार सम्मेलनमा २ जना नेपाली नागरिकसहित ३ जना व्यक्ति निको भएको जानकारी दिनुभएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।
निको हुने अर्को एक जना इरानी नागरिक रहेका छन् । यो सहित युएईमा कोभिड नाइन्टिनबाट संक्रमित भएका ४१ जना निको भएका छन् ।
हेल्थपाटी
तपाईँको अभिमत