भोलि मंगलबार बिहान ६ बजेदेखि लकडाउन गर्ने निर्णय
अ +
अ -
काठमाडौं, १० चैत । सरकारले भोलि बिहान ६ बजेदेखि देशभर लकडाउन गर्ने निर्णय गरेको छ । कोभिड नाइन्टिन संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको सोमबार बसेको बैठकले सुरक्षाकर्मी, स्वास्थ्यकर्मी तथा अत्यावश्यक सेवामा खटिएका तथा अनुमति प्राप्त व्यक्ति र सवारी साधनलाई मात्र आवतजावत गर्न दिने निर्णय गरेको हो ।
सरकारको यो निर्णयपछि सर्वसाधारण अत्यावश्यक अवस्था बाहेकमा घरबाट बाहिर निस्कन पाउने छैनन् । नेपालमा फ्रान्सबाट आएकी १९ वर्षकी एक विद्यार्थीलाई कोरोनाको पुष्टि भएसँगै सरकारले संक्रमण रोकथामका लागि थप कडाइ गरेको हो ।
हेल्थपाटी
तपाईँको अभिमत