अमेरिकामा दुई नेपालीलाई कोरोना संक्रमण, एकको अवस्था गम्भीर

अ +
अ -
अमेरिकामा दुई नेपालीलाई कोरोना भाइरसको पुष्टि भएको छ । न्यूयोर्कमा बस्दै आएका २ नेपालीलाई संक्रमणको पुष्टि भएको हो । दुबैलाई इल्महस्र्ट अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार गरिएको छ ।
दुई मध्ये ५० वर्षका एक जनाको अवस्था गम्भीर छ । अर्का ४७ वर्षका नेपालीको अवस्था सामान्य छ । अमेरिकामा न्यूयोर्क सबैभन्दा धेरै संक्रमण फैलिएको राज्य हो । न्यूयोर्कमा करिव ३० हजार नेपाली रहेका छन् । अमेरिकामा ४ सय ४० जनाको मृत्यु भइसकेको छ भने ३३ हजार ३ सय बढिमा संक्रमणको पुष्टि भइसकेको छ ।
तपाईँको अभिमत