चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीलाई सय प्रतिशत जोखिमभत्ता
स्वास्थ्यकर्मीलाई प्रोत्साहन
काठमाडौं, ९ चैत । सरकारले कोरोना संक्रमितको उपचारमा खटिने चिकित्सक, नर्स, प्राविधिक सहित सबै स्वास्थ्यकर्मीलाई ५० देखि शतप्रतिशत जोखिम भत्ता दिने निर्णय गरेको छ । आजको मन्त्रिपरिषद्को बैठकले मनोबल बढाई प्रोत्साहन गर्न शत प्रतिशतसम्म जोखिम भत्ता उपलब्ध गराउने निर्णय भएको बैठकपछि सरकारका प्रवक्ता अर्थमन्त्री युवराज खतिवडाले जानकारी दिनुभयो ।
यसैगरी बैठकले उपचारमा खटिने सबै स्वास्थ्यकर्मीलाई व्यक्तिगत सुरक्षाका उपकरण उपलव्ध गराउने निर्णय पनि गरेको छ । बलम्बुमा रहेको सशस्त्र प्रहरी बलको अस्पताललाई कोरोना भाइरस संक्रमितको उपचारका लागि छुट्टै अस्पतालमा परिणत गर्ने भएको छ । सशस्त्र अस्पताललाई परिमार्जित, व्यवस्थित गरि सेना र प्रहरीका चिकित्सक खटाई कार्यान्वयनमा ल्याउने अर्थमन्त्री खतिवडाले बताउनुभयो ।
उहाँले उपकरण, स्वास्थ्य सुरक्षाका सामाग्रि लगायतका उपचारमा आवश्यक पर्ने सामाग्रीको दिगो व्यवस्थापनका लागि विभिन्न दातृ निकायसँग समन्वय गरि सहायताका लागि अर्थमन्त्रलायले काम अघि बढाउने निर्णय पनि भएको छ ।स्वास्थ्य मन्त्रालयले गृह, रक्षा, पर्यटन तथा संघीय मामिला मन्त्रालयसँग समन्वय गरि संघ, प्रदेशमा क्वारेन्टाइन थप्ने निर्णय भएको छ । यस्तै सरकारले सार्वजनिक सरकारी कार्यालयहरु सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत