नेपालमा एक जनामा कोरोना पुष्टि कि हल्ला मात्रै
अ +
अ -
काठमाडौं, ९ चैत । पर्साको वीरगञ्जमा एक जनाको कोरोनाको पुष्टि भएको समाचार राष्ट्रिय स्तरका सञ्चार माध्यमबाट प्रसारण भएपछि जनमासमा त्रास फैलिएको छ ।
केही समयअघि दुबई गएर फर्किएका ती व्यक्तिलाई रुघाखोकी र ज्वरो देखिएपछि वीरगञ्जमा परीक्षण गरिएको र स्वाब परीक्षणका लागि भारतको पटनाको राजेन्द मेमोरियल रिसर्च इन्सिच्युट अफ मेडिकल साइन्स (आइसिएमआर) पठाइएको थियो । यद्यपि संक्रमण भए नभएको बारेमा सरकारको आधिकारिक धारणा आउन भने बाँकी छ ।
यसअघि प्रकाशित समाचारमा द्विबिधा भएकोले सच्याइएको छ । यसबाट पर्न गएको असुविधाका लागि हेल्थपाटी डटकम क्षमापार्थी छ ।
हेल्थपाटी
तपाईँको अभिमत