नेपाल एअरलाइन्सबाट दिल्ली पुगेका एक सय नेपाली विमानस्थलमै अलपत्र
क्यान्सरका २० जना बिरामी अस्पताल पुग्न पाएनन्
काठमाडौं, ८ चैत । नेपाल एयरलाइन्स मार्फत शनिबार बिहान दिल्ली गएका नेपालीहरु अध्यागमनमै रोकिएका छन् । बिहान ९ः४० मा दिल्ली अवतरण भएका नेपालीहरुलाई विमानस्थलको एक हलमा राखिएको छ । एअरलाइन्स मार्फत गएका सय जना यात्रुलाई विमानस्थलमै रोकेको विष्णु शाही ठकुरीले जानकारी दिनुभयो । बिहानैदेखि कुनै कारण नखुलाई एउटा हलमा भीड बनाएर राखेको र किनेर खान्छु भन्दा पनि बाहिर निस्कन नपाएकाले खानेकुरा नपाएको उहाँले बताउनुभयो ।
उहाँले त्यसरी हलमा राखिएकाहरुमा क्यान्सर लगायतका जटिल रोगका बिरामी र बृद्द बृद्दा पनि रहेकाले औषधि खान समेत समस्या परेको छ । रोकिएका मध्ये २० जना क्यान्सरका बिरामी रहेका छन् । शाहीले हलमा अव्यस्थित तरिकाले राखेको बताउनुभयो । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि भारतले कडाई गर्दै आए पनि अहिलेसम्म नेपालीलाई रोक लगाएको थिएन ।
जगन्नाथ ढकाल
तपाईँको अभिमत