युएईमा पहिलो पटक कोरोनाका कारण २ जनाको मृत्यु
संक्रमणपछि भयो हृदयाघात !
अ +
अ -
काठमाडौं, ८ चैत । युनाइटेड अरब इमिरेट्स युएईमा पहिलो पटक कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयले शुक्रबार अबेर दिएको जानकारी अनुसार मृत्यु भएकाहरु एक ७८ वर्षका र अर्का ५८ वर्षको रहेका छन् । ७८ वर्षका नागरिक अरब देशका बासिन्दा रहेको र उनी हालसालै यररोपबाट फर्किएका थिए । उनको मृत्यु उपचारका क्रममा जटिलता आउँदा हृदयाघातका कारण भएको हो ।
संक्रमण अगाडि मिर्गौला फेल हुनुका साथै मुटुमा समस्या रहेका अर्का एसियन मुलुकका नागरिक ५८ वर्षका व्यक्तिलाई पनि बचाउन नसकेको युएईका स्वास्थ्य मन्त्रालयलाई उद्रत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । युएईमा १ सय ४० जनामा संक्रमण देखिएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत