आज मात्रै २ लाख मानिस काठमाडौं बाहिरिए (फोटो फिचर)
आफ्नै गाउँ फर्कि आएँ : भित्रने भन्दा बाहिरिने मानिसकाे संख्या पाँच गुणा
काठमाडौं, ८ चैत । कोरोना भाइरस नियन्त्रणका लागि सरकारले विद्यालय, अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण सेवा बन्दको घोषणा गरेपछि काठमाडौं छाड्नेहरुको संख्या ह्वात्तै बढेको छ । चैत १० गतेबाट लामो दुरीका सार्वजनिक सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाइनेछ भने उपत्यकामा पनि आवश्यकता हेरेर सार्वजनिक सवारी साधन चलाउन दिने सरकारले निर्णय गरेको छ ।
कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि आवश्यक परेमा अझ थप कडाइ गर्ने बताइसकेको छ । विश्वभर कोरोनाको महामारी फैलिरहेका बेला त्रसित भइरहेका नेपालीहरु यो समयमा आफ्नै घरगाउँ,परिवार र साथीभाइसंगै समय बिताउन घर जान खोजेका हुन् ।
काम तथा अध्ययनका शिलशिलामा काठमाडौं बस्दै आएकाहरु सबै बन्द हुने भएपछि घरगाउँ फर्किएका हुन् । ट्राफिक प्रहरीका अनुसार पछिल्लो ३ दिनमा ४ लाख मानिस बाहिरिएका छन् । अरु सामान्य समयमा काठमाडौं भित्रने र बाहिरिने गरि दैनिक ९५ हजार जति हुन्थ्यो । तर अहिले भित्रने भन्दा बाहिरिने संख्या दोब्बरले बढेको छ । ट्राफिक प्रहरी प्रवक्ता जीवन श्रेष्ठले भन्नुभयो आज दिउसो ३ बजेसम्म १ लाख ३१ हजार बाहिरए भने ३० हजारको हाराहारीमा भित्रिएका छन् ।
सरकारले चैत ५ गते सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको थियो । चैत ६ गते १ लाख ८ हजार ,चैत ७ गते १ लाख ३० हजार र चैत ८ गतेआज साँझ ६ बजेसम्म १ लाख ८६ हजार ५ सय ४९ जना बाहिरिए । गत साउनदेखि बल्खुमा रहँदै आउनुभएकी बाराकी चन्द्रज्योति चौधरीले स्कुल बन्द भएपछि आफ्नै गाउँ फर्कन लागेको बताउनुभयो । उहाँले आत्तिँदै भन्नुभयो ठूलो महामारी चलिरहेको छ रे,सबै बन्द हुन्छ रे त्यही भएर हामी त घर जान बिहानैदेखि आएर लाइनमा बसेका हौँ ।
उहाँकी सात वर्ष, तीन वर्ष र २ महिनाकी गरि ३ छोरी छन् । दुई छोरीहरु स्कुल जान्थे तर स्कुल एक महिना बन्द भयो बन्द भयो भने त हामीलाई खान बस्न नै समस्या हुन्छ त्यसैले गाउँ जान लागेको चौधरीले बताउनुभयो । बझाङका विप्लव खड्का पनि शनिवार घरजानका लागि नयाँ वसपार्कमा बिहानैदेखि टिकटका लागि लाइनमा बस्नुभयो । लामो समय कलेज बिदा भएकाले घर जान लाग्नुभएको उहाँको भनाइ छ । कोरोना संक्रमणबारे सचेत रहनुभएका उहाँले गाउँघरमा गएर सचेतनामा लाग्ने योजना बनाउनुभएको छ ।
हेर्नुहोस् फोटो फिचर :
तपाईँको अभिमत