सम्पूर्ण अन्तराष्ट्रिय उडान बन्द , लामो दुरीका सवारी सञ्चालनमा पनि रोक
काठमाडौं,७ चैत । सरकारले कोरोना भाइरस रोकथाम नियन्त्रणका लागि थप कडाई गरेको छ । चैत ९ देखि अन्तराष्ट्रिय उडान बन्द गर्नुका साथै १० गतेबाट लामो दुरीका सार्वजनिक सवारी साधन सञ्चालनमा पनि रोक लगाएको छ । यसैगरी आवश्यकता हेरेर अन्य सार्वजनिक सवारी साधन चलाउन अनुमति दिईने भएको छ ।
चैत ९ देखि २१ गतेसम्म अत्यावश्यक सेवा प्रदान गर्नेबाहेक सबै कार्यालय बन्द गर्ने भएको छ ।तर सबै सरकारी कर्मचारीहरू र अत्यावश्यक सेवामा कार्यरत निजी क्षेत्रका समेत कर्मचारीहरूले यथावत् रूपमा आआफ्नो कार्यालयमा उपस्थित भई नियमित कामकाज हुनेछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै संक्रमण नियन्त्रणका लागि कठोर निर्णय लिन परेको र यस संकटको घडीमा सबैको साथ रहने विश्वास व्यक्त गर्नुभयो । उहाँले उच्च मनोबल ,ईच्छाशक्ति र आपसी एकताले मात्रै कोरोना विरुद्दको लडाँइ जित्न सक्ने बताउनुभयो । करिब १५ मिनेटको सम्बोधनमा प्रधानमन्त्री ओलीले धैर्यवान,संयमित र आतंकित नभई अहिलेको परिस्थितिको सामना गर्न सबैलाई आव्हान गर्नुभयो । उहाँले अनावश्यक घर बाहिर ननिस्कन सर्वसाधारणलाई आग्रह गर्नुभयो ।
उहाँले कोभिड नाइन्टिन रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्यव समिति मार्फत संघ,प्रदेशमा एकीकृत ढंगबाट काम अघि बढाइरहेको जानकारी पनि दिनुभयो । सम्बोधन टुंग्याउने क्रममा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यलाभको कामना गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।
कोरोना भाइरस नियन्त्रण तथा संक्रमण अभियानका लागि विद्यालय, सिनेमा तथा भीड हुने स्थान बन्द भइसकेका छन् ।
हेल्थपाटी
तपाईँको अभिमत