स्वास्थ्यकर्मीको मनोबल बढाऊँ, विद्यालय र होटललाई क्वारेन्टाइन बनाऊँ : जनार्दन शर्मा
काठमाडौं, ७ चैत । पूर्व गृहमन्त्री एवं नेकपाका सचिवालय सदस्य जनार्दन शर्माले ठूला विद्यालय र होटलहरुलाई थप आइसोलेसन र क्वारेन्टाइनका लागी प्रयोग गर्न सुझाव दिनुभएको छ । उहाँले हाल बन्द विद्यालय र होटललाई केही समयलाई क्वारेन्टाइनका रुपमा प्रयोग गर्न सबैभन्दा उपयुक्त हुने भएकोले यस विषयमा सरोकारवालाहरु संग छलफल चलाउनुपर्ने बताउनुभयो ।
उहाँले जनमासलाई नआत्तित आग्रह गर्दै कोभिड नाइन्टिन विरुद्ध सरकार, पार्टी र जनता सँगसँगै मिलेर लाग्न अपिल गर्नुभएको छ । यस्तै संक्रमणबाट बच्न स्वास्थ्य क्षेत्र र विज्ञहरुको आधिकारिक सुझावमा मात्र ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उपचारमा संलग्न हुने डाक्टर तथा स्वास्थ्यकर्मीको उच्च मनोबल बढाइ उनीहरुलाई पीपीई उपलब्ध गराउनुपर्ने भन्दै टेस्टकिट र मास्क लगायत अन्य सामग्रीहरु सरकारी स्टोरमा थप्न सरकारलाई सुझाव दिनुभयो ।
संकट आउँदा खाद्यन्न तथा औषधि सप्लाइको लागि आवश्यक संयन्त्र तयार गरि मित्र राष्ट्रहरुको सहयोगको प्रतिबद्धताप्रति गम्भीर बनी आवश्यक सहयोग लिनुपर्ने नेता शर्माले बताउनुभयो । सतर्कताको कमीले कोरोना महामारीमा बदलिएकाले उच्च आत्मबल सहित प्रतिरोधका लागि तयार हुन उहाँले सबैलाई आग्रह गर्नुभयो ।
हेल्थपाटी 
तपाईँको अभिमत