कोरियामा फेरि संक्रमण बढ्यो, थेगुको अस्पतालमा संक्रमण
अ +
अ -
काठमाडौं, ६ चैत । केही दिन यता संक्रमण घटेको दक्षिण कोरियामा फेरि संक्रमण बढेको छ । थेगुको अस्पतालमा संक्रमण देखिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । कोरियाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले कोरोनाका १ सय ५२ नयाँ बिरामी थपिएको जानकारी दिएको छ । जसमध्ये ५९ जनाको अवस्था गम्भीर रहेको छ । कोरियामा संक्रमणको संख्या ८ हजार ५ सय ६५ पुगेको छ भने ९१ जनाको मृत्यु भएको छ ।
नर्सिङ होमका मात्रै ७४ जनालाई संक्रमणको पुष्टि गरिएको छ । नर्सिङ होममा संक्रमण देखिएपछि सबै नर्सिङ होम जाँचमा कडाइ गरिएको छ । कोरियामा लगातार ४ दिनसम्म संक्रमणको संख्या १ सय भन्दा कम थियो ।
हेल्थपाटी
तपाईँको अभिमत