कतारमा कोरोना संक्रमण उच्च, ४ सय ५२ मा संक्रमण
काठमाडौं, ६ चैत । कतारमा कोरोनाको संक्रमण बढिरहेको छ । कतारका जनस्वास्थ्य मन्त्रीले अरब देशमध्ये कतारमा कोरोनाको संक्रमण उच्च देखिएको जानकारी दिनुभएको छ ।
मन्त्रीले विज्ञप्ति निकालेर बुधबार १० नयाँ केस भेटिएको जानकारी दिँदै संक्रमणको संख्या ४ सय ५२ पुगेको जानकारी गराउनुभएको छ । आप्रवासी कामदारसँग सम्बन्धित थिए जो पहिलेदेखि नै क्वारेन्टाइनमा थिए विज्ञप्तिमा भनिएको छ । यस्तै नयाँ संक्रमण अर्का कतारी नागरिकलाई देखिएको थियो जो स्विजरल्याण्डबाट फर्केका थिए ।
आप्रवासी कामदारबाट संक्रमण फैलिएपछि कतारले २ हप्तासम्म विदेशीलाई प्रवेशमा रोक लगाइसकेको छ । यस्तै सम्पूर्ण उद्योग, व्यवसायहरु बन्द गरिएका छन् । साउदीमा थप ६७ जनामा संक्रमण देखिएपछि संक्रमितको संख्या २ सय ३८ पुगेको छ । संक्रमण नियन्त्रणका लागि साउदीले सरकारी सेवा समेत बन्द गरिसकेको छ । खाडी मुलुकमा संक्रमणको संख्या १ हजार नाघेको अरबी सञ्चार माध्यमहरुले जनाएका छन् ।
हेल्थपाटी
तपाईँको अभिमत