सरकारले जफत गरेको मास्क बिक्री गर्दै
अ +
अ -
काठमाडौं, ६ चैत । सरकारले जफत गरेको मास्क बिक्री गर्ने भएको छ । कोभिड नाइन्टिन संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले अवैध रुपमा लुकाइएको अवस्थामा जफत गरिएको मास्क बजारमा ल्याउने निर्णय गरेको हो । जफत गरिएका मध्ये ५ लाख थान मास्क स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई दिने र बाँकी मास्क साझा स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेड मार्फत बिक्रि वितरण गर्ने निर्णय भएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत