सवारी निर्मलीकरण गरेर मात्रै चलाउन पर्ने, बढी यात्रु बोके कार्वाही
काठमाडौं, ५ चैत । सार्वजनिक सवारीसाधनले क्षमता भन्दा बढि यात्रु बोकेमा सरकारले कार्वाही गर्ने भएको छ । कोभिड नाइन्टिन संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले भीड गरेर यात्रु बोकेको पाइएमा कार्वाही गर्ने निर्णय गरेको हो । अनुगमनको जिम्मा यातायात व्यवस्था विभाग र प्रहरीलाई दिइएको छ ।
यसैगरी सार्वजनिक यातायातका सवारी धनीलाई यातायात चलाउनु अघि प्रत्येक दिन समय समयमा सवारी साधन निर्मलीकरण गर्न निर्देशन दिएको छ । बैठकको निर्णय अनुसार मानिसहरुको बढी जमघट हुने सार्वजनिक स्थानहरुमा महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाले निश्चित अन्तरालमा सफा गर्नुपर्नेछ । सरसफाई गरे नगरेको निरीक्षण गर्ने काम संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ,प्रदेश सरकार र स्थानीय प्रशासनको हुनेछ ।
हेल्थपाटी
तपाईँको अभिमत