कोरोना प्रभाव : बैशाख ३ (१५ अप्रिल) सम्म नेपाल यात्रा पूर्ण प्रतिबन्ध
आवश्यक परे लकडाउन गर्ने
काठमाडौं, ५ चैत । कोरोना भइरस (कोभिड १९ ) को संक्रमण देखिएका देशहरुबाट नेपाल आउन पूर्ण प्रतिबन्ध लगाइएको छ । कोभिड नाइन्टिन संक्रमण,रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले युरोपका सबै मुलुक, पश्चिम एसिया लगायत खाडी क्षेत्रका मुलुकबाट पनि नेपाल आउन प्रतिबन्ध लगाएको हो ।
यस्तै सरकारले इरान, टर्की, मलेसिया, दक्षिण कोरिया र जापानबाट आउने र ती मुलुकलाई ट्रान्जिट बनाएर आउने सबै मुलुकका यात्रुलाई नेपाल आउन रोक लगाएको छ । समितिका संयोजक तथा उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेलको संयोजकत्वमा बसेको बैठकले शुक्रबारबाट लागू हुने गरी ती देशबाट नेपाल आउन प्रतिबन्ध गरेको हो । यो प्रतिबन्ध १५ अप्रिलसम्म कायम रहनेछ । सरकारको यो निर्णयले हाललाई ५५ देशबाट नेपाल आउन प्रतिबन्ध लाग्नेछ । सरकारले लकडाउन गर्ने निर्णय भने गरेको छैन । आवश्यक परे लकडाउन गर्न सक्ने बताएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत