कोरोना नेपालसहित दक्षिणपूर्वी एसियामा सर्दै : विश्व स्वास्थ्य संगठन
काठमाडौ, ५ चैत । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको संक्रमण दक्षिणपूर्वी एसियातर्फ लम्किरहेको चेतावनी दिएको छ । दक्षिणपूर्वी एसियका निर्देशक पुनम क्षेत्रपाल सिंहले रोकथामका लागि तुरुन्तै एक्सन लिन आग्रह गर्नुभएको छ । उहाँले दक्षिणपूर्वी एसियाका केही देशमा संक्रमणको संख्या बढिरहेको र समुदायसम्म फैलिन थालिसकेकाले स्वास्थ्य सेवा प्रवाहमा ध्यान दिन जोड दिनुभयो । 
उहाँले भन्नुभयो हामीले तत्कालै रोकथामको लागि गरिने गतिविधिलाई बढाउनुपर्छ, अहिले केन्द्रबिन्दु युरोपलाई बनाएको कोरोनाको संक्रमण दक्षिणपूर्वी एसियामा सर्ने जोखिम छ ।विश्व स्वास्थ्य संगठनमा आवद्ध दक्षिणपूर्वी एसियाका ११ राष्ट्रमध्ये ९ वटा देशमा कोरोनाको संक्रमण देखिइसकेको छ । दक्षिण कोरियामा ८ हजार ४ सय १३ जनामा संक्रमण हुनुका साथै ८४ जनाको मृत्यु भएको छ ।
भारतमा १ सय ४८ जनामा संक्रमण र ३ जनाको मृत्यु भएको छ । इन्डोनेसिया १ सय ७२ जनामा संक्रमण हुनुका साथै ७ जनाको मृत्यु भएको छ । थाइल्याण्ड २ सय १२ जनामा संक्रमण देखिएको छ भने श्रीलंकामा ४५ र नेपालमा १ जनामा संक्रमणको पुष्टि भएको छ । माल्दिभ्समा १३ जनामा संक्रमण देखिएको छ । बंगलादेशमा ११, भुटानमा १ संक्रमण पुष्टि भएको छ । दक्षिणपूर्वी एसियामा म्यानमार र टिमोरमा हालसम्म संक्रमण देखिएको छैन ।
हेल्थपाटी 
तपाईँको अभिमत