बालबालिका खोपबाट छुट्लान् नि !
कोरोनाका कारण खोप अभियान रोक्नु पर्ने अवस्था छैन
अ +
अ -
काठमाडौं, ३ चैत । दोस्रो चरणको दादुरा रुबेला खोप अभियान चार प्रदेशमा जारी छ । बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिममा चैत महिनाभर खोप अभियान सञ्चालन हुनेछ । अभियानमा ९ महिनादेखि ५ वर्ष उमेर समूहका करिव ११ लाख ७५ हजार ५ सय बालबालिकालाई खोप लगाइने सरकारको योजना छ ।
यसअघि पहिलो चरणमा फागुन महिनाभर प्रदेश नम्वर १,२ र ५ मा दादुरा रुबेला खोप अभियान चलाइएको थियो । अभियानमा लाख ९ हजार स्वाथ्यकर्मी, १ लाख स्वयमसेवक, ५ हजार सुपरभाइजर खटिएका छन् । बालबालिका छुट्दै जाँदा दादुरा रुबेलाको जोखिम बढिरहेकाे बताइन्छ ।
तपाईँको अभिमत