कोरोना परीक्षणका लागि हेटौडा अस्पतालले पिसिआर मेसिन खरिद गर्ने
हेटौडा, २ चैत । मकवानपुरमा कोरोना भाइरसको संक्रमण तथा जोखिम न्युनीकरणका लागि हेटौडा अस्पतालले पिसिआर मेसिन खरिद गर्ने भएको छ । पिसिआर मेसिनबाट कोरोना भाइरस रहे नरहेको निदान गरिन्छ । कोरोना भाइरसको संक्रमण तथा जोखिम न्युनीकरण अनुगमन तथा सहजीकरण समितिले संक्रमण देखिहालेमा उपचारका लागि अस्पतालमा आइसोलेसन वार्ड पनि थप गर्ने निर्णय पनि गरेको छ ।
हेटौडा अस्पतालमा दुईवटा मात्र आइसोलेसन बेड रहेकोमा भवनको अभावलाई मध्यनजर गर्दै मकवानपुर खेलकुद विकास समितिको कभर्ड हल तथा अन्य सम्भावित वैकल्पिक स्थान खोजि गर्ने भएको छ । समितिले बजारमा औषधिजन्य सामानको अभाव सिर्जना हुन नदिन औषधिजन्य सामान जथाभावी विक्रि गर्न रोक लाउने, तथा डाक्टरको प्रेस्क्रिप्सन विना औषधि वितरण गर्न नदिने समेत निर्णय गरेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत