किन फर्काइयो न्यूयोर्कबाट नेपाली ?

न्यूयोर्क, १ चैत । अमेरिकाको क्वीन्समा बसोवास गर्ने एक नेपाली महिलालाई जोन एफ केनेडी एयरपोर्टबाट विमान चढ्न नदिइ शुक्रबार फिर्ता गरिएको छ। क्वीन्सको ज्याक्सन हाइटस्थित डिजिटल वान ट्राभल्सबाट कतार एयरवेजको टिकट लिएकी ती महिलालाई स्वास्थ्य प्रमाणपत्र नभएको आधारमा अध्यागमन अधिकारीले एयरपोर्टबाट फिर्ता गरिदिएको हो ।
डिजिटल वान ट्राभलकी कञ्चन केसी बस्नेतले नेपाल सरकारले आउने यात्रुलाई स्वास्थ्य प्रमाणपत्र अनिवार्य गरिएको कारण उहाँलाई फिर्ता गरिएको जानकारी दिनुभयो । अमेरिकामा कोरोनाले महामारीको रूप लिएपछि धेरै ब्यक्ति नेपाल जान चाहिरहेको अवस्थामा नेपाल सरकारको नयाँ ब्यवस्थाले यात्रामा केही असहज परिस्थिति सृजना भएको केसीको भनाई छ।
कतार एयरवेज मात्र नभएर टर्कीलगायत अन्य एयरलाइन्सले पनि फर्काउन सक्ने भएकोले आवश्यक कागजात बोकेर मात्र नेपाल यात्रा गर्न अनुरोध गरिएको छ ।
तपाईँको अभिमत