अमेरिकाद्वारा युरोप भ्रमणमा रोक
काठमाडौं, २९ फागुन । कोरोना भाइरसको संक्रमण तिब्र गतिमा फैलिएपछि अमेरिकाले युरोप यात्रामा रोक लगाएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले एक महिनाका लागि युरोप भ्रमणमा रोक लगाएको घोषणा गर्नुभएको हो ।
उहाँले युरोप संक्रमण रोक्न पूर्वतयारीमा चुकेको बताउनुभयो । इटाली सहित युरोपमा संक्रमण आक्रामक रुपमा फैलिरहेको छ । इटालीमा मात्र १२ हजार भन्दा बढि मानिस संक्रमित भएका छन् भने ८ सय २७ जनाको मृत्यु भइसकेको छ । त्यहाँका यातायात, बजार, विद्यालय लगायतका सम्पूर्ण सेवाहरु बन्द गरिएका छन् ।
अमेरिकामा १ हजार २ सय बढि मानिसलाई कोरोनाको संक्रमण देखिएको छ । हालसम्म ३७ जनाको मृत्यु भएको छ ।
यसैबीच हलिउडका कलाकार दम्पतिलाई कोरोनाको संक्रमण पुष्टि भएको छ । अष्ट्रेलिया भ्रमण गरेर फर्किएका टोम हान्क्स् र उहाँकी श्रीमती रिता वील्सनलाई संक्रमण पुष्टि भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । एजेन्सी
हेल्थपाटी
तपाईँको अभिमत