कोरियामा कोरोना भाइरसबाट ५१ को मृत्यु, ७ हजार ३८१ संक्रमित
काठमाडौ,२६ फागुन । दक्षिण कोरियामा कोरोना भाइरसको कारण ५१ जनाको मृत्यु भएकोे छ । यस्तै थप ७ हजार ३८१ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको छ । यसअघि ७ हजार १ सय ३४ कोरोना संक्रमित व्यक्ति थिए । अब कोरियामा २३७ जना थप संक्रमित गरी ७ हजार ३ सय ८१ जना व्यक्ति कोरोना संक्रमणबाट ग्रस्त रहेका छन् ।
थेगूमा मात्र संक्रमणको संख्या ६ हजार ३ सय पुगेको छ भने थेगू अपार्टमेन्टका एक तिहाइ मानिस बिरामी भएको कोरियाका सञ्चार माध्यमहरुले जनाएका छन् । छिमेकी प्रान्त ग्योंग्सान शहरमा पनि संक्रमण फैलिएको छ । ५१ जना संक्रमितको मृत्यु भएको छ भने मृत्यु हुनेमा सबै ६० वर्ष उमेर माथिका रहेको कोरियाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रलाई उद्धृत गर्दै कोरियाका सञ्चार माध्यमहरुले जनाएका छन् । थेगू र ग्योंगशान शहर बन्द छन् । मानिसहरुलाई घरमै बस्न अपिल गरिएको छ ।
यसैबीच सेनाका ४० जनालाई पनि संक्रमणको पुष्टि भएको छ । कोरियन एयर लाइन्सका २ जना एयर होस्टेजलाई पनि कोरोना भाइरसको सक्रमण भएको छ । दक्षिण कोरियाबाट अमेरिकाको लस एन्जलसको रुटमा उडान भर्ने विमानका २ होस्टेजलाई संक्रमणको पुष्टि भएको कोरियन सञ्चार माध्यमहरुले जनाएका छन् । क्वारेन्टाइनमा रहेका ४ एयर होस्टेज मध्ये अर्का दुई जनाको रिपोर्ट भने नेगेटिभ आएको छ ।
यसैबीच कोरोना भाइरस संक्रमण बढेपछि १ सय ४ वटा देशले दक्षिण कोरियाबाट हुने यात्रामा रोक लगाएका छन् । विदेश मन्त्रालयका अनुसार शनिबार ३३ वटा देशले दक्षिण कोरिया भ्रमण गरेका व्यक्तिहरुलाई आफ्ना देश प्रवेशमा रोक लगाएको जानकारी गराएका थिए । ६० वर्ष उमेर माथिका मानिसमा संक्रमण बढेपछि रोकथामका लागि स्वास्थ्य अधिकारीहरु जेष्ठ नागरिकको स्वास्थ्य परीक्षणमा केन्द्रित भएका छन् ।
संक्रमण देखिएका मध्ये ६० प्रतिशत मानिस थेगुको शिन्चेन्जु चर्चमा आवद्ध रहेकाहरु छन् । शिन्चेन्जु चर्चबाट संक्रमण फैलिएको थियो । थेगु कोरियाको चौथौ ठूलो शहर हो जहाँ २५ लाख मानिसको बसोबास रहेको छ ।
एजेन्सी
हेल्थपाटी
तपाईँको अभिमत