कोरोना प्रभावः कतारमा नेपालीलाई प्रतिबन्ध
काठमाडौं, २६ फागुन । कतारले नेपाल सहित १४ देशका नागरिकलाई कतारमा प्रतिबन्ध लगाएको छ । कतारले नेपाल सहित बंगलादेश, चीन, इजिप्ट, भारत, इरान, इराक, लेबनान, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलङ्का, सिरिया र थाइल्याण्डका नागरिकलाई कतार प्रवेशमा रोक लगाएको हो ।
आजबाटै प्रतिबन्ध गर्ने निर्णय लागू भइसकेको छ । कतारको सरकारी सञ्चार कार्यालय (जिसिओ) ले आइतबार दिएको जानकारी अनुसार कतार एयरवेजले पनि इटालीमा र इटालीबाट आउने उडान रद्द गरेको छ । उक्त निर्णय कोरोना भाइरस (कोभिड–१९) लाई विश्वव्यापी रुपमा फैलनबाट रोक्ने उद्देश्यसहित लिइएको जानकारीमा उल्लेख छ ।
जिसिओले आइतबार जारी गरेको वक्तव्यमा कोरोनाभाइरसलाई फैलन रोक्नका लागि कतारले जतिसक्दो उपाय अवलम्बन गर्ने जानकारी दिएको छ । यो निर्णयले माथि उल्लेखित सबै देशलाई प्रभावित गर्नेछ, यसमा अन अराइल भिसा पनि समावेश छ, कामदार र पर्यटक दुबैका लागि ।’ कतारले आफ्ना सबै नागरिकलाई अत्यावश्यक अवस्थामा मात्रै यात्रा गर्न आग्रह गरेको छ ।
एजेन्सीकाे सहयाेगमा
तपाईँको अभिमत