नेपालमा कोरोना भाइरस भित्रिएको छैन तर उच्च सतर्कता अपनाउनुपर्छ
काठमाडौं, २५ फागुन । नेपालमा हालसम्म कोरोना भाइरस नदेखिएको तर सतर्कता भने अपनाउनुपर्ने बताइएको छ । नेपाल हरेक दृष्टिकोणबाट कोरोना भाइरसको उच्च जोखिममा रहेको भन्दै यदि संक्रमण फैलिहालेमा अस्पतालहरुलाई भने तयारी अवस्थामा राख्नुपर्नेमा जोड दिइएको छ ।
आइतवार काठमाडौंमा नेपाल चेम्वर अफ कमर्शले आयोजना गरेको कोरोना भाइरसको संभावित जोखिम बारे जानकारी र उपकरण हस्तान्तरण कार्यक्रममा बोल्दै स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले भारत र चीनबाट आवत–जावत हुने नाकामा स्वास्थ्य हेल्प डेष्क राख्ने तयारी भइरहेको जानकारी दिनुभयो ।
उहाँले कोरोनाको संक्रमणलाई लक्ष्यित गरेर नेपालबाट जावत–जावत हुने नाकामा थप हेल्प हेल्थ डेष्क राखिने जानकारी गराउनुभयो । सरकारले कोरोना भाइरस संक्रमण भित्रन नदिन चेकजाँचलाई कडाईका साथ अगाडि बढाएको महानिर्देशक श्रेष्ठले जानकारी दिनुभयो । उहाँले आफ्नो स्रोत, साधन र क्षमताले भ्याएसम्म कोरोना संक्रमण कुनै व्यक्तिलाई छ कि भनेर खोजी गर्न युद्धस्तरमा सरकार लागि परेको बताउनुभयो । कोरोना भाइरस रोगबाट जोगिन सवै नेपाली एक जुट भएर लाग्नुपर्ने भन्दै उहाँले अन्य देशभन्दा बढी सतर्क रहेको उल्लेख गर्नुभयो ।
अन्य देशमा फैदिदै गएको संक्रमणलाई अध्ययन गर्दा बृद्ध मानिस र मुटुरोग, दमरोग, र सुगरका विरामीलाई बढी आक्रमण गर्ने गरेको आफूहरुले पाएको उहाँले बताउनुभयो । विगतको ४० वर्षमा विश्वमा४० वटा भन्दा बढी यस प्रकारका रोग आएको समेत जानकारी दिदै सचेत रहन महानिर्देशकले आग्रह गर्नुभयो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णले विमानस्थलमा आवत–जावत गर्ने यात्रुहरुलाई प्रभावकारी रुपमा चेकजाँच गरिरहेको बताउनुभयो ।
विमानस्थलमा संक्रमणको मेडिकल टिमलाई शंका लागेमा विरामीलाई एम्बुलेन्सबाट हस्पिटल लैजाने व्यवस्था गरेको कर्णले जानकारी दिनुभयो ।
हेल्थपाटी
तपाईँको अभिमत