प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार
मिर्गौलादाता समीक्षाको अवस्था पनि सामान्य
काठमाडौं, २५ फागुन । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा दोस्रोपटक मिर्गौला प्रत्यारोपण गराउनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा अपेक्षाकृत सुधार आएको छ । त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेम खड्गाले आइतबारदेखि प्रधानमन्त्रीलाई सन्तुलित आहार दिन थालिएको जानकारी दिनुभयो उहाँले प्रधानमन्त्रीको सबै भाइटल तथा ल्याब सूचक सामान्य अवस्थामा रहेको जानकारी दिँदै अस्पतालका निर्देशक डा. खड्गाले सन्तुलित आहार खानुकासाथै नियमित रुपमा हिँडडुल गराउन थालिएको बताउनुभयो ।
डा. खड्गाले प्रधानमन्त्रीलाई मिर्गौला दान गर्ने समीक्षा संग्रौलाको पनि स्वास्थ्य अवस्था सामान्य अवस्थामा रहेको भन्दै क्रमिक रुपमा सुधार हुँदै गएको उल्लेख गर्नुभयो । १३ वर्षअघि भारतको एपोलो अस्पतालमा मिगौैला प्रत्यारोपण गराउनुभएका प्रधानमन्त्री ओलीको केही महिना अघिदेखि प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न छाडेको थियो । नियमित डाइलासिस गराइरहनुभएका ओलीको गत बुधबार त्रिवि शिक्षण अस्पतालमा प्रत्यारोपण भएको हो ।
हेल्थपाटी
तपाईँको अभिमत