नर्सिङ काउन्सिलको लाइसेन्स परीक्षामा ८८ प्रतिशत उत्तीर्ण
पहिलो पटक भएकाे मिडवाइफ परीक्षामा सहभागी ८ मध्ये ७ जना पास

काठमाडौं, २४ फागुन । नेपाल नर्सिङ काउन्सिलको लाइसेन्स परीक्षामा ८८ दशमलब ५ प्रतिशत नर्स उत्तीर्ण भएका छन् । आज भएको २४ औं लाइसेन्स परीक्षामा ४ हजार ९६० जना सहभागीमध्ये ४ हजार ३९० जना नर्स उत्तीर्ण भएका हुन् । परीक्षामा ५ सय ७० जना नर्स अनुत्तीर्ण भएका थिए ।
नर्सिङ काउन्सिलकी रजिष्ट्रार विन्दा घिमिरेले काउन्सिलकाे परीक्षामा ४ हजार ९६० जनाले परीक्षा दिएकोमा ४ हजार ३९० जना उत्तीर्ण भएको जानकारी दिनुभयो । उहाँले आजै भएको मिडवाईफको लाइसेन्स परीक्षामा ८७.५ प्रतिशत पास भएका छन् ।
घिमिरेले नेपाल नर्सिङ काउन्सिलले पहिलो पटक मिडवाइफ फ्री अध्ययन गरेकाले लाइसेन्स परीक्षा दिएको जानकारी दिनुभयो । काउन्सिल रजिष्ट्रार घिमिरेले आठजना सहभागी मध्ये ७ जना पास भएको जानकारी दिनुभयो ।
तपाईँको अभिमत