प्रधानमन्त्रीलाई हिँडाउन र ठोस आहार दिन थालियो
अ +
अ -
काठमाडौं, २३ फागुन । प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरिएको आज तेस्रो दिन,उहाँलाई हिँड्डुल गराउन सुरु गरिएको छ । । उहाँको स्वास्थ्य अवस्थामा अपेक्षाकृत क्रमिक सुधार आएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ । अस्पतालका निर्देशक डा.प्रेम खड्गाले विज्ञप्ति निकालेर प्रधानमन्त्रीलाई हिँडडुल गराउन थालिएको र ठोस आहार दिन सुरु गरिएको जानकारी गराउनुभएको छ । निर्देशक खड्गाले मुख्य तथा ल्याव सूचकहरु सामान्य अवस्थामा रहेको बताउनुभयो ।
मिर्गाैला दातालाई पनि ठोस आहार दिइयो
प्रधानमन्त्री औलीलाई मिर्गौला दिएकी उहाँकी भान्जी समीक्षा संग्रौलाको पनि स्वास्थ्य स्थितिमा सुधार आएको निर्देशक खड्गाले जानकारी दिनुभयो । उहाँले संग्रौलालाई पनि ठोस आहार दिन थालिएको बताउनुभयो ।
हेल्थपाटी
तपाईँको अभिमत