वैदिक कालदेखिकै नेपालीको संस्कार : कोरोनाबाट बच्न गरौं नमस्कार
कोरोनाबाट बच्न नेपालको नमस्कार संस्कार इजरायलमा पनि (फोटो फिचर)
एजेन्सी, २२ फागुन । कोरोना भाइरसको संक्रमणबाट बच्न इजरायल सरकारले पनि नमस्कार संस्कारलाई बढावा दिएको छ । वैदिक कालदेखिकै नेपालीको संस्कार नयाँ मानिस भेट्दा होस् वा सम्मान गर्दा गरिने ‘नमस्कारलाई’ अब कोरोना संक्रमणबाट जोगिने उत्तम उपायका रुपमा राखिएको छ ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पत्रकार सम्मेलनमा आफैले नमस्कार गरेर सिकाउनुभएको थियो । पत्रकार सम्मेलनमा प्रधानमन्त्री नेतान्याहुले गर्नुभएको नमस्कारको दृश्य र नमस्कार गर्ने संस्कृतिको विकास गर्न आग्रह गर्नुभएको समाचार अहिले विश्वभर चर्चामा छ ।
पश्चिमा मुलुकहरुमा चर्चित रहेको हात मिलाउने शैलीलाई इजरायली प्रधानमन्त्री नेतान्याहुले बन्द गर्न आग्रह गर्दै नमस्कार गर्न सबैलाई अनुरोध गर्नुभएको हो । इजरायलमा १५ जनामा कोरोनाको संक्रमण देखिएको छ तर अहिलेसम्म मानवीय क्षति भएको छैन । इजरायलमा ७ हजार मानिस घरैमा क्वारेन्टाइनमा बसिरहेका छन् ।
जगन्नाथ ढकाल
तपाईँको अभिमत