कोरोनाबाट बच्न हात नमिलाउने बागमती प्रदेशको निर्णय

हेटौडा, २२ फागुन । बागमती प्रदेशले कोरोना भाइरस संक्रमण न्युनीकरणका लागि हात नमिलाउने निर्णय गरेको छ । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बिहिबार बसेको मन्त्रिपरिषदको बैठकले विश्वव्यापी रुपमा फैलिएको कोरोनाको संक्रमणबाट बच्न जनचेतना मुलक कार्यक्रमलाई निरन्तरता दिने भएको छ ।
विश्व स्वास्थ्य संगठनले नेपाल समेत कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेको बताएपछि प्रदेश सरकारले यसका लागि छुट्टै उपचार कक्ष निर्माण गरिसकेको समेत जनाएको छ । नेपालीको परम्परादेखि चलिआएको चलन एबम् हात मिलाउनाले अहिलेको अवस्थामा कोरोनाको बढि संक्रमण हुने चिकित्सकको भनाईलाई मध्यनजर गर्दै ‘नो ह्याण्डसेक’को नीति अवलम्बन गर्न जनसमुदायमा आग्रह गरेको छ ।
बिहिबार नै बसेको मन्त्रिपरिषदको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । बुधबार मिर्गौलाको सफल प्रत्यारोपण भएपछि प्रधानमन्त्री एबम् मिर्गौला दिने समीक्षा संग्रौलाको स्वास्थ्य लाभको कामना गर्दै मिर्गौला प्रत्यारोपणमा संलग्न चिकित्सकको टोलीलाई प्रदेश सरकारले धन्यवाद ज्ञापन गरेको छ ।
तपाईँको अभिमत