मानिसबाट कुकुरमा सर्यो कोरोना : दुईवटा कुकुर आइसोलेसनमा

अ +
अ -
कोरोना संक्रमितको घरमा पालिएको कुकुरमा समेत कोरोना भाइरस (कोभिड नाइन्टिन)को संक्रमणको पुष्टि भएको छ । कृषि तथा मत्स्य संरक्षण विभाग(एएफसिडि)ले दोस्रोपटक कुकुरमा गरेको परीक्षणले कोरोना भाइरसको पुष्टि गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । कुकुरको नाँक र घाटी भित्रको नमुना संकलन गरिएको थियो । एएफसिडीका र डब्ल्यूएचओका विशेषज्ञहरुले मानिसबाट जनावरमा कोरोना सरेको बताएका छन् ।
६० वर्षकी कोरोना संक्रमित महिलाको घरमा रहेको कुकुरमा कोरोनाको संक्रमण देखिएको हो । दुईवटा कुकुरलाई आइसोलेसनमा राखिएको छ । कुकुरलाई कोरोना पुष्टि भएको घटना हङकङको हो ।
तपाईँको अभिमत