प्रधानमन्त्रीको शल्यक्रिया सफल भएकोमा खुशियाली (फोटो फिचर)
काठमाडौं, २१ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणका लागि गरिएकाे शल्यक्रिया सफल भएको छ । त्रिवि शिक्षण अस्पतालमा ४ घण्टा लगाएर प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गरिएको थियो । प्रत्यारोपण विशेषज्ञ डा.प्रेम ज्ञवालीले प्रत्यारोपण सफल भएको र मिर्गाैलाले काम गरिरहेको बताउनुभयो । प्रधानमन्त्रीको शल्यक्रिया पश्चात करिव ५ सय मिलि लिटर पिसाव समेत भइसकेको उहाँले बताउनुभयो ।
प्रधानमन्त्रीलाई उहाँकी भान्जी समीक्षा संग्रौलाले मिर्गौला दान गर्नुभएको थियो । उहाँको पनि अवस्था राम्रो रहेको ज्ञवालीले बताउनुभयो । प्रत्यारोपण सफल भएको विषयमा साढे ४ बजे औपचारिक जानकारी दिने कार्यसूची रहेको डा.ज्ञवालीले जानकारी दिनुभयो ।
अस्पतालमा प्रधानमन्त्री पत्नी राधिका शाक्य करिव एक घण्टा अगाडि पुग्नुुभएको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकाल बिहान ७ बजेदेखि अस्पतालमै हुनुहुन्छ । त्यस्तै प्रधानमन्त्री ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गर्न अस्पतालमा मन्त्री, उच्चपदस्थ व्यक्तित्वहरु अस्पताल पुग्ने क्रम जारी छ । अस्पतालमा प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गर्न विद्यार्थी, सर्वसाधरणको भीड लागेको छ । हेर्नुहोस् फोटो :
जगन्नाथ ढकाल
तपाईँको अभिमत