बागमती प्रदेशका सरकारी अस्पतालमा आईसोलेसनको व्यवस्था गर्न निर्देशन
हेटौडा,२० फागुन । सामाजिक विकास मन्त्रालयले बागमती प्रदेशका सबै सरकारी अस्पतालहरुमा आर्ईसोलेसन बेड तथा हेल्प डेस्क स्थापना गर्न निर्देशन दिएको छ ।
विश्व स्वास्थ्य संगठनले नेपाललाई पनि कोरोना भाईरसको उच्च जोखिममा राखेपछि सामाजिक विकास मन्त्री युवराज दुलालले बागमती प्रदेश मातहतका सबै सरकारी अस्पतालमा कोरोना भाईरस उपचारका लागि ५० वटा आईसोलेसन बेड तथा हेल्प डेस्क अनिवार्य स्थापना गर्न निर्देशन दिइसकेको जानकारी दिनुभयो ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा पत्रकार सम्मेलन गरि मन्त्री दुलालले हेटौंडा, भरतपुर र भक्तपुरमा हेल्प डेस्क स्थापना भइसकेको र अन्य स्वास्थ्य संस्थामा पनि वार्ड स्थापना गर्न निर्देशन जारी भएको बताउनुभयो ।
उहाँले भन्नुभयो – रसुवा र सिन्धुपाल्चोक जिल्ला भने अन्य जिल्लाको तुलनामा विकट भएका कारण कोरोना भाइरस संक्रमणका शंकास्पद बिरामीलाई अस्पतालसम्म ल्याउन दुई वटा एम्वुलेन्स समेत उपलव्ध गरिएको छ ।
कोरोना भाइरस सम्वन्धि कार्यपत्र प्रस्तुत गर्दै स्वास्थ्य मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक प्रकाश शाहले कोरोनाबाट बच्न हात मिलाउने, अंकमाल गर्ने, जुठो खाने, काँचो तथा नपाकेका खानेकुरा नखान आग्रह गर्नुभयो ।
तपाईँको अभिमत