नेपाली भएकोमा गर्व महसुस गर्दाको त्यो पल : फोटो फिचर

काठमाडौं, १९ फागुन । करिब ३ बजेको थियो । अन्य दिन सुनसान रहने भक्तपुरस्थित खरिपाटी क्वारेन्टाइन भित्र चहलपहल बढ्न थाल्यो । सुरक्षाकर्मीको बाक्लो उपस्थितिले क्वारेन्टाइनमा केही विशेष हुदैछ भन्ने झल्किरहेको थियो । फाट्टफुट्ट अभिभावकहरु देखिन्थे । पत्रकारको भीड थियो । सोमबार अभिभावकहरुले क्वारेन्टाइन प्रवेशद्धार बाट धेरै भित्र सम्मको प्रवेश पाएका थिए । १ सय ७५ जना राखिएका भवन नजिकै पुगेपछि अभिभावहरु आफ्ना छोराछोरीलाई नियाल्दै थिए ,भवनको झ्यालबाट छोराछोरीले पनि हात हल्लाउदै नजिकबाट हेर्ने कोशिस गर्दै थिए ।
कसैले फोन गरेर म यतापट्टि छु भन्दै थिए भने कसैले देख्ने ठाउँमा आऊ भन्दै थिए । बाहिरैबाट घर जाने तयारी गरि मौसम केही चिसो थियो ,फाटफुट वर्षा हुँदै थियो । एकाएक भवन प्रवेशको गेट खोलियो । स्वास्थ्य मन्त्रालयबाट राज्यमन्त्री नवराज रावत नेतृत्वको टोली सहित अभिभावक,पत्रकार भवन परिसरमा प्रवेश गर्दैगर्दा चीनबाट ल्याइएका नेपालीहरु ताली बजाउदै नेपाल सरकार जिन्दाबाद,नेपाली सेना जिन्दाबाद भन्दै खुशीयाली मनाउन थाले ।
साथीभाई समेत एकै पटक भेट्न नपाएका उनीहरु एउटै थलोमा भेट्न पाउदा हर्षका आँशु खसिरहे । उनीहरुले आफ्ना अभिभावकहरुलाई भेट्न एक घण्टा जति कुर्न पर्यो । एकै थलोमा भएपनि विद्यार्थी र अभिभावहरु छुट्टा छुट्टै स्थानमा थिए । रिपोर्ट नेगेटिभ आएको सुनाएर बिदाईको घोषणा गरेपछि मात्र अभिभावकसंग भेट गर्न दिइएको थियो । महामारीको समयमा आफुहरु क्वारेन्टाइनमा बस्दा बिरामीले भोग्ने सबै भोगाईको समेत अनुभुति गर्ने मौका पाएकाले आफुहरु यस्तै महामारीमा बिरामीको सेवा गर्न तयार रहेको बताएका थिए । करिव पाँच सय जनाको भीडमा सबैलाई भाबुक बनाइरहेको थियो ।
कोरोना भाइरसबाट अति प्रभावित देश चीनबाट उद्दार गरि ल्याइएका नेपालीहरुले १७ दिनपछि आफ्ना अभिभावकलाई भेट्न पाए । मृत्युबाट जोगिएको महसुस गरेका नेपालीहरुले आज नेपाली हुन पाउँदाको गर्वको अनुभव गरे । जगन्नाथ ढकालले कैद गर्नुभएको खुशीका पलहरू हेरौ तस्विरमा :












तपाईँको अभिमत