विश्वका ५३ देशमा फैलियो कोरोना भाइरस: जापानमा आपतकालको घोषणा
अ +
अ -
एजेन्सी, १६ फागुन । कोरोना भाइरस रोगको संक्रमण ५३ वटा देशमा फैलिएको छ । पछिल्लो १२ घण्टामा थप पाँचवटा देशले संक्रमणको पुष्टि गरेका छन् । नेदरल्याण्ड, नाइजेरिया, लिथुनिया, बेलारुस र न्यूजिल्याण्डले कोभिड नाइन्टिनको पुष्टि गरेका छन् ।
कोरोनाको संक्रमण बढेपछि जापानमा पनि आपतकालको घोषणा गरिएको छ । मुख्य टापुमा कोरोनाको संक्रमण देखिन थालेपछि जापानले आपतकालको घोषणा गरि संक्रमण नियन्त्रणमा उच्च सतर्कता अपनाएको छ । यसैगरि स्वीजरल्याण्डमा १ हजार भन्दा बढि संख्यामा भेला हुन रोक लगाइएको छ ।
५३ देशमा कोरोनाको संक्रमण देखिएको छ । ८३ हजार मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् भने २८ सय भन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।
हेल्थपाटी 
तपाईँको अभिमत