वीरेन्द्र अस्पताल छाउनीमा स्टाफ नर्ससहित अन्य जनशक्ति आवश्यक
१५ दिनभित्र दरखास्त दिइसक्नुपर्ने
अ +
अ -
काठमाडौं, १२ फागुन । नेपाली सेनाले नर्ससहित विभिन्न पदमा जनशक्ति मागेको छ। वीरेन्द्र छाउनी अस्पतालमा हेमोडाइलासिस युनिटमा रहि काम गर्नका लागि अस्पतालले जनशक्ति मागेको हो ।
अस्पतालले ३ जना स्टाफ नर्स, १ जना मेडिकल अफिसर, १ जना हेमोडाइलासिस टेक्निसियन, १ जना सफाइ कर्मचारी र १ जना कार्यालय सचिव गरि जम्मा ७ जना कर्मचारी माग गरेको हो । इच्छुक व्यक्तिले आवश्यक कागजात सहित १५ दिन भित्रमा दरखास्त दिन सक्नेछन् । यो सूचना आजको गोरखापत्र दैनिकमा प्रकाशित गरिएको छ।

हेल्थपाटी
तपाईँको अभिमत